ईयूले युक्रेनमा कूटनीतिक गतिविधि राजधानी किभबाटै गर्ने « Khabarhub

ईयूले युक्रेनमा कूटनीतिक गतिविधि राजधानी किभबाटै गर्ने


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएका आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियन ईयूले जनाएको छ ।

ईयूका शीर्षस्थ पदाधिकारीले किभको भ्रमण गरेलगत्तै यस्तो भनाइ आएको हो । यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइन र ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले किभको भ्रमण गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने बोरेलले विश्वास व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए ।

पछिल्लो समय रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : १२ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल