राजीनामा दिएपनि श्रीलंकाली अर्थमन्त्रीले जिम्मेवारीलाई निरन्तरता दिने « Khabarhub

राजीनामा दिएपनि श्रीलंकाली अर्थमन्त्रीले जिम्मेवारीलाई निरन्तरता दिने


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने जनाएका छन् ।

यसै साताको शुरुमा नयाँ अर्थमन्त्रीको नियुक्ति पाएको २४ घण्टा नबित्दै राजिनामा दिएका श्रीलंकाली सत्तारुढ दलका सांसद अली सबरीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

२६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनलाई गत सोमबार राष्ट्रपति गोताबाया राजपाक्षेले अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको नियुक्ति पाएको एक दिनपछि सबरीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका थिए ।

यद्यपि राष्ट्रपतिले उनको राजीनामा स्वीकृत नगरेको बताइएको छ । सबरीले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न धेरैले आनाकानी गरेको र राष्ट्रपति गोताबाया राजपाक्षेले सबरीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

सबरीले भने, ‘जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।’

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर