डेब्यु फिल्म देखि नै सफल राजामौली « Khabarhub

डेब्यु फिल्म देखि नै सफल राजामौली


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इण्डियन फिल्म निर्देशन मार्फत चिनिएका निर्देशक एसएस राजामौलीले आफ्नो काम मार्फत विश्वभर फ्यान बनाइसकेका छन् ।

त्यसकारण उनी भारतकै निर्देशकको सुचीमा अग्र पङ्तीमा पर्दछन् । १२ औँ फिल्म ‘आरआरआर’ समेत सफल बनाएका निर्देशक राजामौलीको क्षमतालाई उनको पछिल्लो फिल्म ‘बाहुबली ’सिरिजले विश्वभर चिनायो ।

पछिल्लो फिल्म आरआरआर मार्फत विभिन्न रेकर्ड बनाएका निर्देशक राजामौली यसअघि पनि धेरै रेकर्ड बनाएका थिए ।

उनले बनाएका फिल्मले दर्शकको मन मात्र होइन समीक्षकको पनि आशा पुरा गर्ने गरेको थियो । राजामौलीले सन् २००१ मा ‘स्टुडेन्ट नम्बर १’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । जुनियर एन्टीआर अभिनीत फिल्मलाई दर्शकले रुचाएका थिए । उक्त वर्ष तेलुगु भाषामा निर्माण भएको फिल्ममा यसले सबैभन्दा बढी व्यापार गरेको थियो । १ करोड ८० लाखमा निर्मित फिल्मले १३ करोडको हाराहारीमा मुनाफा कमाउन सफल भएको थियो । यसपछि उनको फिल्म उनको फिल्म सुपरहिट र ब्लकबष्टर नै रहे ।

सन् २००९ मा उनले निर्देशन गरेको फिल्म हो ‘मगधीरा’ । यो फिल्मलाई उक्त वर्षको साउथ इण्डियन फिल्मनगरीकै  सबैभन्दा बढी कमाउने फिल्मको रुपमा लिइन्छ । फिल्ममा राम चरण र काजल अग्रवालको अभिनय रहेको थियो । उनको करियरमा हिट फिल्मको रुपमा २ वटा फिल्म मात्र छन् । उनले निर्देशन गरेको साइ र मर्यादारमण मात्र हिट छन् भने चार वटा फिल्म सुपरहिट छन् । उनले निर्देशन गरेको फिल्ममा ‘मख्खी’ लाई पनि विशेष रुपमा लिने गरिन्छ ।

झिँगाले बदला लिने कथामा आधारित फिल्म सुपरहिट भएको थियो । यसरी राजामौलीले एकपछि अर्को खुड्किलो पार गर्दै आफूलाई सफल बनाएका हुन् । उनले निर्देशन गरेको बाहुबली साउथ इण्डियन फिल्मनगरीकै हिट भएको थियो भने यसको सिक्वेल रिलिज भएको वर्षको अल इण्डिया हिट भएको थियो । यसरी हेर्ने हो भने उनले बाहुबली अघि नै आफ्नो रेकर्ड बनाइसकेका थिए । तर , त्यसलाई अघि ल्याउने काम भने ‘बाहुबली’ सिरिजले नै गरेको हो ।

यिनै राजामौलीले अब फेरी पिरियड ड्रामा नै गर्ने कि यही समयको कथा भन्ने दोधारमा छन् । भारतीय मिडियाले उनले आरआरआर कै सिक्वेल पनि बनाउन सक्ने संकेत गरेका छन् भने महेश बाबुसँग पनि नयाँ प्रोजेक्टमा जोडिएका छन् । बलिउड हंगामाका अनुसार निर्देशक राजमौलीले यही समयको कथा भन्ने थ्रीलर ड्रामा जनरमा फिल्म निर्देशन गर्न लागेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : ४७ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन