काठमाडौँ– साउथ इण्डियन फिल्म निर्देशन मार्फत चिनिएका निर्देशक एसएस राजामौलीले आफ्नो काम मार्फत विश्वभर फ्यान बनाइसकेका छन् ।
त्यसकारण उनी भारतकै निर्देशकको सुचीमा अग्र पङ्तीमा पर्दछन् । १२ औँ फिल्म ‘आरआरआर’ समेत सफल बनाएका निर्देशक राजामौलीको क्षमतालाई उनको पछिल्लो फिल्म ‘बाहुबली ’सिरिजले विश्वभर चिनायो ।
पछिल्लो फिल्म आरआरआर मार्फत विभिन्न रेकर्ड बनाएका निर्देशक राजामौली यसअघि पनि धेरै रेकर्ड बनाएका थिए ।
उनले बनाएका फिल्मले दर्शकको मन मात्र होइन समीक्षकको पनि आशा पुरा गर्ने गरेको थियो । राजामौलीले सन् २००१ मा ‘स्टुडेन्ट नम्बर १’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । जुनियर एन्टीआर अभिनीत फिल्मलाई दर्शकले रुचाएका थिए । उक्त वर्ष तेलुगु भाषामा निर्माण भएको फिल्ममा यसले सबैभन्दा बढी व्यापार गरेको थियो । १ करोड ८० लाखमा निर्मित फिल्मले १३ करोडको हाराहारीमा मुनाफा कमाउन सफल भएको थियो । यसपछि उनको फिल्म उनको फिल्म सुपरहिट र ब्लकबष्टर नै रहे ।
सन् २००९ मा उनले निर्देशन गरेको फिल्म हो ‘मगधीरा’ । यो फिल्मलाई उक्त वर्षको साउथ इण्डियन फिल्मनगरीकै सबैभन्दा बढी कमाउने फिल्मको रुपमा लिइन्छ । फिल्ममा राम चरण र काजल अग्रवालको अभिनय रहेको थियो । उनको करियरमा हिट फिल्मको रुपमा २ वटा फिल्म मात्र छन् । उनले निर्देशन गरेको साइ र मर्यादारमण मात्र हिट छन् भने चार वटा फिल्म सुपरहिट छन् । उनले निर्देशन गरेको फिल्ममा ‘मख्खी’ लाई पनि विशेष रुपमा लिने गरिन्छ ।
झिँगाले बदला लिने कथामा आधारित फिल्म सुपरहिट भएको थियो । यसरी राजामौलीले एकपछि अर्को खुड्किलो पार गर्दै आफूलाई सफल बनाएका हुन् । उनले निर्देशन गरेको बाहुबली साउथ इण्डियन फिल्मनगरीकै हिट भएको थियो भने यसको सिक्वेल रिलिज भएको वर्षको अल इण्डिया हिट भएको थियो । यसरी हेर्ने हो भने उनले बाहुबली अघि नै आफ्नो रेकर्ड बनाइसकेका थिए । तर , त्यसलाई अघि ल्याउने काम भने ‘बाहुबली’ सिरिजले नै गरेको हो ।
यिनै राजामौलीले अब फेरी पिरियड ड्रामा नै गर्ने कि यही समयको कथा भन्ने दोधारमा छन् । भारतीय मिडियाले उनले आरआरआर कै सिक्वेल पनि बनाउन सक्ने संकेत गरेका छन् भने महेश बाबुसँग पनि नयाँ प्रोजेक्टमा जोडिएका छन् । बलिउड हंगामाका अनुसार निर्देशक राजमौलीले यही समयको कथा भन्ने थ्रीलर ड्रामा जनरमा फिल्म निर्देशन गर्न लागेका छन् ।
प्रतिक्रिया