नेकका शिक्षक तथा विद्यार्थीले बनाए रोबोट « Khabarhub

नेकका शिक्षक तथा विद्यार्थीले बनाए रोबोट


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) ले लगानी गरेको हो ।

रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कम्प्युटरका साइन्स एण्ड इन्जिनियरिङका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिङका उपप्राध्यापक अभिनास खत्री केसी मुख्य टिम मेम्बरका रूपमा संग्लग थिए । यस्तै, विद्यार्थीबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सव खड्का संलग्न थिए ।

रोबोटलाई अटोमेटिक तथा म्यानुअल मोडमा काम गराउन सकिने छ । म्यानुअल मोडमा काम गराउन एउटा छुट्टै मोबाइल एप पनि बनाइएको छ । मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ । यसलाई आफूले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर सकिने छ ।

अटोमेटिक मोडमा भने यो आफै गन्तव्यमा पुग्छ । यसका लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीच वायरलेस नेटवर्क रहेको छ । मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा राखिएको हुन्छ । त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।

नर्स स्टेसनमा रहने कम्प्यूटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको माध्यमबाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरू इंगित गर्न सक्नेछ । एकचोटी यसरी ठाउँहरू निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँमा पुग्नेछ र नयाँ गन्तव्य इंगित नगरेसम्म उक्त ठाउँमा नै घुमिरहन्छ । यसरी आफ्नो गन्तव्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने बस्तुहरू भेटे त्यसलाई छलेर जाने छ ।

साथै अगाडि कुनै मान्छे भेटेमा रोबोटले बाटो छोड्न स्पीकरमार्फत अनुरोध पनि गर्छ । ‘रोबोटमै रहेको क्यामेराले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्छ र एआई टेकनोलोजी मार्फतबाट अगाडि मान्छे आए थाहा पाउँछ,’ टोलीमा संलग्न नेकका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भने ।

यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरू बाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशील श्रेष्ठलगायतकाको पनि उलेख्य भूमिका रहेको सहप्राध्यापक सचिन श्रेष्ठले बताए । एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्स पनि सजिलै थप्न सकिने छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ४ : २३ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध