माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ « Khabarhub

माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा भूमध्य सागरीय मुलुक माल्टामा एक जना नेपाली पक्राउ परेका छन् । माल्टामा खानेकुराको डेलिभरी गर्दै आएका ३० वर्षे श्रीकृष्ण पंगेनीलाई पक्राउ गरिएको माल्टाबाट प्रकाशित हुने माल्टा टुडे अनलाइनले जनाएको छ ।

मध्य माल्टाको बिरकिरकारा शहरमा मोटरसाइकलमा खानेकुरा डेलिभरी गर्ने क्रममा उनले प्रहरी चेकपोष्टमा मोटरसाइकल नरोकी हुँइकिएका थिए । पछि प्रहरीले पछ्याएपछि उनले रक्सी पिएर मोटरसाइकल हाँकेको पत्ता लागेको थियो ।

प्रहरीले उनीमाथि मापसे गरेको, खतरानक हिसाबमा गाडी कुदाएको, सवारी अनुमतिपत्र लाइसेन्स र इन्स्योरेन्सबिना सवारी हाँकेको जस्ता ११ वटा नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक क्रिष्टबेल चेटचुटीलाई उद्धृत गर्दै माल्टा टुडेले जनाएको छ ।

यद्यपि प्रहरीले पक्राउ गरेपछि भने उनले आफ्ना गल्ती स्वीकार गरेको र अदालती कारवाही नसकिँदा सम्मका लागि उनलाई जमानतमा रिहा गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : १९ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय