भुवन केसीले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने « Khabarhub

भुवन केसीले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता भुवन केसीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरकाे मेयरमा उम्मेदवारी नदिने जानकारी गराएका हुन्।

अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन्। त्यस्तै उनले आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको र बाहिर चर्चा भएझैँ उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी पनि दिन नलागेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।’

उनले आफू हाल कुनै पनि पार्टीमा आबद्ध नरहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ४५ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको