जी-बबले गाए 'ए मेरो हजुर ४' को गीत (भिडियो) | Khabarhub Khabarhub

जी-बबले गाए ‘ए मेरो हजुर ४’ को गीत (भिडियो)


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले फिल्ममा गीत गाएका छन् ।

उनको पार्श्वगायन रहेको पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ रिलिज भएको छ ।

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ मा समावेश गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो ।

‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेपछि जी-बबको पहिलो अफिसियल गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म गीत एक लाख भ्युज सहित ७ नम्बर ट्रेन्डिङमा रहेको छ ।

निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ ।

‘फिल्मको गीतको छोटो भर्सनलाई सार्वजनिक गरेका छौँ । पूरा गीत फिल्ममै मात्र हुनेछ’ निर्देशक झरना थापाले भनिन् ।

पहिलो गायनमा नै जी-बबको स्वरलाई श्रोताले रुचाएका छन् ।

फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : १३ बजे

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो