आजको मौसम : कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ? « Khabarhub

आजको मौसम : कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशभरको मौसममा सामान्य बदली देखिएको छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या