वडाध्यक्ष थापा मगरको निधन « Khabarhub

वडाध्यक्ष थापा मगरको निधन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ ।

फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो । गत ७ वैसाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो ।

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो ।

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : ३७ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन