क्युबाको होटलमा भएको विस्फोटमा मारिनेको संख्या ३० पुग्यो « Khabarhub

क्युबाको होटलमा भएको विस्फोटमा मारिनेको संख्या ३० पुग्यो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्युबाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सो सुविधा सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ ।

सो समेत गरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । 

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । विस्फोटनमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

सो दुर्घटनामा परेका अरु ८४ जना घाइते छन् । ती घाइतेहरू पनि अधिकांश जलेका बताइएको छ । 

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युबाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि जनाइएको छ ।  

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युबाली अधिकारीले बताएका छन् ।

तर अब भने मानिसहरूलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ०७ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल