सेयर बजार १२ अंकले बढ्यो, एक अर्ब ३९ करोडको कारोबार « Khabarhub

सेयर बजार १२ अंकले बढ्यो, एक अर्ब ३९ करोडको कारोबार


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार सामान्य बृद्धि भएको छ । सोमबार १२ दशमलव २७ अंक बढेर बजार २२ सय ६८ दशमलव ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ ।

कारोबार रकममा पनि आइतबारको तुलनामा साेमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने साेमबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ । बजारमा साेमबार २२२ वटा कम्पनीको २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२ कित्ता सेयर कारोबार भएको छ।

२२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले कमाउन सफल भएका छन्। अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले साेमबार पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ । यस लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार गर्न सफल भएको छ । यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६ दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा उपसमूह बढ्न सफल भएका छन् ।

बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ। १३ वटा उपसमूहमध्ये साेमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल, डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् ।

कारोबारको आधारमा साेमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको साेमबार सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ११ बजे

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको