सेयर बजार १२ अंकले बढ्यो, एक अर्ब ३९ करोडको कारोबार | Khabarhub Khabarhub

सेयर बजार १२ अंकले बढ्यो, एक अर्ब ३९ करोडको कारोबार


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार सामान्य बृद्धि भएको छ । सोमबार १२ दशमलव २७ अंक बढेर बजार २२ सय ६८ दशमलव ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ ।

कारोबार रकममा पनि आइतबारको तुलनामा साेमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने साेमबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ । बजारमा साेमबार २२२ वटा कम्पनीको २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२ कित्ता सेयर कारोबार भएको छ।

२२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले कमाउन सफल भएका छन्। अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले साेमबार पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ । यस लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार गर्न सफल भएको छ । यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६ दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा उपसमूह बढ्न सफल भएका छन् ।

बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ। १३ वटा उपसमूहमध्ये साेमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल, डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् ।

कारोबारको आधारमा साेमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको साेमबार सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ११ बजे

स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो 

काठमाडौं– हृदयाघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

एजेन्सी – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख देवराज

चिकित्सक र नर्सहरूलाई श्रम ऐन अनुसार पारिश्रमिकको व्यवस्था गर्ने सरकारको तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : नेता खनाल

महेन्द्रनगर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झालनाथ