सबै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौँ : डा. महत « Khabarhub

सबै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौँ : डा. महत


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुुर्‍याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदाताहरूमा अनुरोध गरेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कुनै किसिमको प्रलोभन, डर, धाक, धम्कीमा नपरी मतदान गर्न आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन हुनेमा पार्टी विश्वस्त रहेको बताए ।

उनले भने, “हामीले ७५३ वटै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौँ ।”

चितवनमा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएकामा त्यसको निन्दा गर्दै दोषीमाथि उनले कारबाहीको माग गरेका छन् । उनले रुकुम पश्चिम, बाजुरा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, पाण्डुसेनलगायत केही स्थानमा छिटफुट झडपका घटनाको विषयमा जानकारी दिँदै निर्भयपूर्वक मतदानका लागि वातावरण सिर्जना गर्न पार्टीका तर्फबाट उनले सरकारसँग आग्रह गरे ।

पार्टीले स्थानीय सरकारलाई नागरिकको सेवकमा रूपान्तरण गर्ने, जनतामुखी नीति उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्दै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर उपलब्ध गराउने, वडाबाटै नागरिकमैत्री सेवाप्रवाह, घरदैलोमा सेवा ‘अगुवा विद्यालय’ को स्थापना, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा, सार्वजनिक स्थानमा निःशुल्क वाईफाई, छात्रालाई निःशुल्क सेनिटरी प्याड, पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था , एक शिक्षक एक ल्यापटपको व्यवस्था तथा शिक्षामा हुने लगानी अहिलेको भन्दा दोब्बर गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

उनले हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक, वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम, एक वर्षभित्रै संविधानका अधिकार लिने कानुन निर्माण, न्याय सम्पादनमा जनशक्तिको व्यवस्था, पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण, यथार्थपरक बजेट निर्माण भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन एक हेक्टरभन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास तथा ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ०४ बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको