नेपालद्वारा जिम्बाब्वे ‘ए’ ६ विकेटले पराजित, नेपाललाई सिरिजको उपाधि « Khabarhub

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ६ विकेटले पराजित, नेपाललाई सिरिजको उपाधि


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा जिम्बाब्वे ‘ए’ लाई नेपालले ६ विकेटको पराजित गर्दै सिरिज जितेको हो ।

यो जितसँगै नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज २–१ को अन्तरले जितेको होे । जिम्बाब्वे ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा कुशल भुर्तेलले ८४ रन र दीपेन्द्र सिंह ऐरीले नटआउट ६० रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनाउन सफल भयो ।

जिम्बाब्वे ‘ए’ लाई रोक्न नेपालका किशोर महतोले ५, सोमपाल कामीले २ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिन सफल भए । 

सिरिजअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले जिम्बाब्वे ‘ए’ माथि ३ विकेटले जित निकालेको थियो । यसअघि भएको टी–ट्वान्टी सिरिज भने १–१ को बराबरीमा सकिएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेलेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २६ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको