गठबन्धनले जितेमा सुकुमबासीले लालपुर्जा पाउने बानियाँको आश्वासन « Khabarhub

गठबन्धनले जितेमा सुकुमबासीले लालपुर्जा पाउने बानियाँको आश्वासन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुमबासीहरूले लालपुर्जा पाउने आश्वासन दिएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले जितेमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई उनीहरूकै नाममा जग्गाको लालपुर्जा उपलब्ध गराइने आश्वासन दिएका हुन् ।

उनले मकवानपुरगढी ५ स्थित सयौँ परिवार सामरी खोलाको कारण जोखिममा रहेकाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरी बस्तीको संरक्षण गर्ने बताए । 

ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी गाउँपालिकालाई नमुना पालिकाको रूपमा स्थापित गर्न गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै बानियाँले गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘यो निर्वाचनले लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्नेहरूलाई सबक सिकाउने निर्वाचन हो,’ बानियाँले भने ‘जनताको मर्म र भावनालाई बुझेर नै गठबन्धन गरिएको हो, सबै एकजुट भई साझा उम्मेदवारहरूलाई जिताउन अपिल गर्दछु ।’

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ४६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा