गठबन्धनले जितेमा सुकुमबासीले लालपुर्जा पाउने बानियाँको आश्वासन « Khabarhub

गठबन्धनले जितेमा सुकुमबासीले लालपुर्जा पाउने बानियाँको आश्वासन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुमबासीहरूले लालपुर्जा पाउने आश्वासन दिएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले जितेमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई उनीहरूकै नाममा जग्गाको लालपुर्जा उपलब्ध गराइने आश्वासन दिएका हुन् ।

उनले मकवानपुरगढी ५ स्थित सयौँ परिवार सामरी खोलाको कारण जोखिममा रहेकाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरी बस्तीको संरक्षण गर्ने बताए । 

ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी गाउँपालिकालाई नमुना पालिकाको रूपमा स्थापित गर्न गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै बानियाँले गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘यो निर्वाचनले लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्नेहरूलाई सबक सिकाउने निर्वाचन हो,’ बानियाँले भने ‘जनताको मर्म र भावनालाई बुझेर नै गठबन्धन गरिएको हो, सबै एकजुट भई साझा उम्मेदवारहरूलाई जिताउन अपिल गर्दछु ।’

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ४६ बजे

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको