बैंकको निक्षेपमा झिनो सुधार « Khabarhub

बैंकको निक्षेपमा झिनो सुधार


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन रु पाँच अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप रु ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म रु ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा रु पाँच अर्ब बढेर रु ४३ खर्ब ७३ अर्ब पुगेको हो ।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो साता रु ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा रु ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको हो ।

गत साताको तुलनामा कर्जा लगानीमा रु चार अर्बले कमी आएको छ । बैंकहरुले गत फागुन चौथो साता रु ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन र रु ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ०५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा