मतदान र गणनाको सुरक्षार्थ त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन | Khabarhub Khabarhub

मतदान र गणनाको सुरक्षार्थ त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने भएकाले यसको व्यवस्थापनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मौसमविद्हरूले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले वैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकाले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिइरहँदा आयोगले मतदान हुने सबै मतदान केन्द्रमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई निर्देशन दिएको जनाएको छ ।

त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत् सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

त्यसका लागि पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरूले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ४० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका