दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको जानकारी दिए । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले मङ्गलबार राति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

वैसाख ३० मा सार्वजनिक बिदा
सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

राष्ट्रिय परिचयपत्र छपाइ सुरु
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरेका हुन् । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि आजबाट छपाइ सुरु गरेको महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिए ।
नेपाली कांग्रेसको पत्रकार सम्मेलन
नेपाली कांग्रेसले मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेकाले जनताले विश्वास गर्ने दावी गरेको छ । पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले यसअघिको एमाले सरकारले मुलुक दुर्घटनातर्फ लैजान खोजेको र त्यसलाई गठबन्धनले बचाएको भन्दै यसपटक जनताले विश्वास गर्ने बताएका हुन् ।

जनताले दिएको मतको सम्मान गछौँ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका हुन् ।  नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उनको आरोप छ ।

गठबन्धन अब घेरै दिन टिक्दैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अव घेरै दिन नटिक्ने दावी गरेका छन् । आज एमाले कीर्तिपुर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउदै, तर्साउँदै हिँडिरहेकोले गठबन्धन अव घेरै दिन नटिक्ने दावी गरेका हुन् । उनले गठबन्धन धोत्रो पसेको रुखजस्तै भएको र छिटै ढल्ने टिप्पणी पनि गरे ।

न्यायाधीशको कार्यशैलीको मूल्यांकन हुनुपर्छ : मन्त्री शर्मा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरूको कार्यशैलीको मूल्यांकन (अडिट) हुनुपर्ने बताएका छन् । आज कानून दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले न्यायाधीशहरूको कार्यशैलीको राज्यले परीक्षण गर्नुपर्ने धारणा राखेका हुन् ।

कानुन दिवसका अवसरमा पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूलाई सम्मान
सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूलाई सम्मान गरेको छ । कोभिड महामारी र लकडाउनका कारण विगत दुई वर्षसम्म कानुन दिवस मनाउन नपाएको सर्वोच्च अदालतले यसवर्ष २०६७ सालसम्म अवकाश पाएका प्रधानन्यायाधीश तथा न्यायाधीशलाई सम्मान गरेको हो ।सम्मान पाउने पूर्वप्रधानन्यायाधीशहरू हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मिनबहादुर रायमाझी र अनुपराज शर्मा छन् । यस्तै सम्मानित हुने पूर्वन्यायाधीशहरूमा कृष्णजंग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवन कुमार ओझा, सारदा श्रेष्ठ, हरिजंग सिजापति, बद्रिकुमार बस्नेत, र राजेन्द्रकुमार भण्डारी रहनुभएको छ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रूपमा २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्षको वैशाख २६ गतेलाई कानून दिवसका रुपमा मनाइँदै आएको छ ।

नेकपाका असन्तुष्ट पक्षद्वारा ‘नेकपा (बहुमत)’ पार्टी गठन
नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका छन् । काठमाडौंमा  आज पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपाका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै नेकपा (बहुमत) पार्टी गठन गरेको घोषणा गरेका हुन् । असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२४ घण्टामा नेपालमा ८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९३ पीसीआर परीक्षणका क्रममा ६ जना र १ हजार २ सय ९ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा १ सय ९० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

गुल्मीमा कांग्रेस कार्यकर्ताबाट माओवादी नेता कुटिए
गुल्मीमा नेकपा माओवादी केन्द्रका एक नेता नेपाली कांग्रेसका कार्यकर्ताबाट कुटिएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका पालिका समिति अध्यक्ष लीलबहादुर केसीलाई कुटपिट गरी घाइते बनाएका हुन् । गएराति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घरतर्फ फर्किँर्दै गर्दा आफूमाथि कुटपिट भएको केसीले बताए ।

राजस्व छली अभियोगमा दुई जना विरुद्ध १७ करोडको मुद्दा दायर
अन्तरा इन्टरनेसनल प्रालि काठमाडौंका सञ्चालकसहित दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिलमार्फत राजस्व चुहावट गरेको आरोपमा प्रालिका सञ्चालक डोटीका गणेशबहादुर केसी र कम्पनीका लेखापरीक्षक श्यामसुन्दर यादव विरुद्ध १७ करोड ७ लाख ५५ हजार रुपैयाँ विगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार कम्पनीका आरोपितद्वयले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक जारी गरेको अनुसन्धानमा पाइएको थियो । आरोपितहरूले आयकर समेत छलेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुणस्तरहीन उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर
चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा ६४ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ती उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । विभागले दालमोठ, मिट मसला, मिक्स मसला, पाउरोटी, दही, दाना उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । देशभरका विभिन्न जिल्लामा रहेको उद्योगविरुद्ध ९ महिना अवधिमा मुद्दा दायर भएको विभागले जानकारी दिएको छ ।

भारतबाट आयात भएको जुनार र केरामा समेत विषादी
भारतबाट आयात भएका जुनार र केरा समेत विषादीको मात्रा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । चालु आवको कात्तिकदेखि चैत मसान्तसम्म गरिएको परीक्षणमा तीन दर्जन हाराहारी तरकारी र फलफूलमा विषादी अवशेष भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

सीटीसी मल लिलाम हुने
सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङको सुन्धारfस्थित सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले आज ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो । तामाङले उद्योग विभागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा मल धितो राखी कोषबाट ऋण लिएका थिए । तामाङले लिएको कर्जा रकम भने कोषले खुलाएको छैन । सूचनामा पसल कवलको विस्तृत विवरण कोषमा सम्पर्क राखेर प्राप्त गर्न सकिने पनि सञ्चय कोषले जनाएको छ ।

शेयर बजार परिसूचक नेप्से १२ अंकले बढ्यो
शेयर बजार  परिसूचक नेप्से आज पनि उकालो लागेको छ । नेप्से आज १२ दशमलव २७ अकंले बढेर २ हजार  २ सय ६८ दशमलव ८४ विन्दुमा पुगेको हो । आज  कुल  ३३ लाख  २४ हजार ८ सय २२ कित्ता शेयर कुल  १  अर्ब ३९ करोड ६० लाख  ७ हजार ७ सय २क रुपैँयामा कारोबार भएको छ । आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले  र  माउदी लघुवित्त  ८ प्रतिशतले बढेको छ । हिमालय ऊर्जा विकासको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र नबिल बैंक क्रमशः अगाडि रहेका छन् ।

एकदिवसीय क्रिकेट सिरिजमा जिम्बाब्वे ए टोलीविरुद्ध नेपालको जित
जिम्बाब्वे ए टोली विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपालले जित निकालेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको अन्तिम एकदिवसीय खेलमा जिम्बाब्वे ए टोलीलाई नेपालले ६ विकेटको पराजित गर्दै सिरिज जितेको हो । यो जितसँगै नेपालले जिम्बाब्वे ए विरुद्धको एकदिवसीय सिरिज २–१ को फरकले जितेको होेजिम्बाब्वे ए ले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ०८ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र