उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्र बनाउने निर्णय « Khabarhub

उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्र बनाउने निर्णय


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्ति सुरक्षा प्रदान गर्न बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा यस्तो निर्णय भएको हो ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मतगणना सम्पन्न नभएसम्मका लागि उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नेलगायतका विविध निर्णय भएको भक्तपुरका प्रजिअ शर्माले जानकारी दिए ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धान विभागका प्रमुखको बैठकले शान्ति सुरक्षाका लागि कार्यान्वयन गरिने विभिन्न सुरक्षाका रणनीतिका बारेमा निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ४४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार