संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्‍यो : महामन्त्री शर्मा « Khabarhub

संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्‍यो : महामन्त्री शर्मा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् ।

गृहनगर मेचीनगरको धुलाबारीमा आज साँझ आयोजित चुनावी सभामा उनले भने, “अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई/दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतन्त्रप्रति प्रहार गरेको आरोप लगाउँदै कांग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताए ।

दश वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि सङ्घर्ष गरेको नेपाली कांग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उनले घरपरिवार तालमेलबाट चले जस्तै देशलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गरे ।

महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहेका छन्। शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ । नगरप्रमुख पदमा नेपाली कांग्रेसका इन्द्र बुढाथोकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : ३३ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार