बिहानीपख किन भगवानको पूजा गर्ने ? « Khabarhub

बिहानीपख किन भगवानको पूजा गर्ने ?


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भगवान्‌को पूजापाठ सामान्यतया बिहान गरिन्छ । बिहानको समय पूजा गर्नका लागि सबै भन्दा महत्वपूर्ण मानिन्छ । हुन त भगवानको आराधना दिनभर जुन कुनै समयमा पनि सच्चा मनले गर्न सकिन्छ । तर पूजा गर्नुको विशेष महत्व मुहूर्तमा हुन्छ ।

बिहानबिहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ । यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन । भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ ।

हामीले दिउँसोको समय कयौँ काममा बिताउने गर्दछौँ । जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ । कामले गर्दा मन अशान्त हुने गर्दछ । त्यस्तो हुँदा कुनै बेला अधार्मिक कुरामा पनि मन पुग्ने गर्दछ । यस्तो अवस्थामा पूजा गर्न निकै मुस्किल हुने गर्दछ । त्यसैले सबै कुरालाई मध्यनजर गर्दै बिहानको मुहूर्त पूजाका लागि निकै उत्तम हुने गर्दछ ।

बिहानपख पूजा गर्दा दिनभरलाई आनन्द

जहाँ शान्ति र कुनै पनि अधार्मिक कुरा नहुने पूजाबाट भगवान प्रसन्न हुने गर्दछन् । बिहान गरेको पूजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ की हाम्रो तनाव तथा समस्या हट्ने गर्दछ । दिमाग तीब्र रुपमा चल्दछ । त्यसैले हामीले एकसाथ कयौँ योजना बनाएर काम गर्न सक्छौँ । यस कारण बिहान पूजा गर्ने परम्परा चलिआएको हो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : १६ बजे

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा