चार मन्त्रालयको खर्च कटौतीको तीन प्रस्ताव पेस हुँदै « Khabarhub

चार मन्त्रालयको खर्च कटौतीको तीन प्रस्ताव पेस हुँदै


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेटसहितको नीति तथा कार्यक्रमबारे छलफल हुने भएको हो ।

बैठकमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि विनियोजन विधेयक २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने भएकी छिन् ।

अर्का सांसद डा. सूर्यप्रसाद पाठकले विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्दै अर्को प्रस्ताव प्रस्तुत गर्ने भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : ११ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा