भुवनले मानेनन्, आकाश तयार भए  « Khabarhub

भुवनले मानेनन्, आकाश तयार भए 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सरोज खनालले निर्देशनमा डेब्यु गरेको फिल्ममा भुवन केसीले अभिनय गर्न मानेनन् । सरोजले केही दिन अगाडि आयोजित कार्यक्रममै भुवनले आफूलाई नपत्याएको गुनासो गरे । ‘एउटा सानो भूमिका थियो । मैले भुवन दाइलाई अफर गरे तर उहाँले मलाई विश्वास गर्नु भएन’ सरोजले स्टेजबाट नै भने । सरोजले यसो भनिरहँदा गुनासो प्रष्ट देखिन्थ्यो । यता सरोजले नीर शाह, करिश्मा मानन्धर, आकाश श्रेष्ठको तारिफ गरे । 

किनकी स-सानो भूमिकामा उनीहरूको अभिनय रहेको थियो । आकाशले एउटा गीत र केही सिनेमा काम गरेका छन् । ‘आकाशले हाम्रो आग्रहलाई मान्नु भयो । धन्यवाद छ’ सरोजले भने । यता आकाशले आफू टिमसँग जोडिन पाउँदा खुशी लागेको सुनाए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाई छ । ‘मैले यो टिमसँग काम गर्न पाए निकै उत्साहित छ’ । मेरो भूमिका सानो छ । यद्यपि महत्वपूर्ण छ । फिल्मको कथावस्तु निकै सशक्त छ’ आकाशले भने । फिल्मले उठाएको विषयवस्तुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स। तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउन्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ । फिल्मकी कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ०७ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि