कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार « Khabarhub

कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ हो ।

निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ ।

५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दसैँसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ । अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ। कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो । यो पुलको ९५ प्रतिशत काम सकिएको छ ।

केही वर्ष अघिदेखि दैलेख-अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठबिस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्य पहाडी राजमार्गमा पक्की पुल बनेको थियो ।

उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो । यसअघि कर्णाली चिसापानीमा रहेको कर्णाली पुलले मात्रै सुदूरपश्चिमलाई सडकमार्फत बाँकी नेपालसँग जोड्दै आएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : २१ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर