‘लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’ « Khabarhub

‘लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि प्रहरी दमन भएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकोटका जनतामाथि अन्याय भएको जनाए । 

‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बिचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ संसद्‌मा उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’ 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए । शाह काठमाडौँ महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् । 

‘फोहोर व्यवस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवाकोटमा जुन बेथिति भएको छ त्यसको व्यवस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ सांसद खतिवडाले भने ।   

 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ३६ बजे

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि