बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु « Khabarhub

बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरूले सास्ती खेप्न बाध्य छन् ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक एक घण्टाअघिदेखि सञ्चालनमा आएको छ । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । त्यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

बिहीबार दिउँसो १२ बजेदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए । अहिले पानी परेको छैन । पानी पर्ने बित्तिकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ । 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ३६ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर