पाकिस्तानमा बन्दुकधारीले आक्रमण गर्दा ९ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बन्दुकधारीले आक्रमण गर्दा ९ जनाको मृत्यु


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा पाकिस्तानको पञ्जाब प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले त्यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको प्रहरीले जनाएको हो । पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको जनाइएको छ ।

सो आक्रमणमा आक्रमणकारीले सवारी साधनमा गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

बीच सडकमै चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि हालसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पञ्जाब राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए । यसमा संलग्न बन्दुकधारी पनि फरार रहेको र प्रहरीले खोजी जारी राखेको बताएको छ ।

सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ४५ बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै