श्रीलंकाली राष्ट्रपतिका भाइद्वारा संसद् सदस्य पदबाट राजीनामा « Khabarhub

श्रीलंकाली राष्ट्रपतिका भाइद्वारा संसद् सदस्य पदबाट राजीनामा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट बढ्दै जाँदा राष्ट्रपति गोताबाया राजपाक्षेका भाइ एवम् पूर्व अर्थमन्त्री बसिल राजपाक्षेले संसद् सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले संसद् सचिवालयमा गई संसद्का महासचिव दम्मिका दासानायकेलाई राजीनामापत्र बुझाएको श्रीलंकाली अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपतिका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

विदेशी मुद्राको सञ्चिती घट्दै गएका कारण पछिल्लो समय श्रीलंकामा अत्यावश्यक वस्तुको झन् झन् अभाव देखिन थालेको बताइएको छ । केही दिनअघिमात्रै श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकमा इन्धनको मौज्दात सकिनै लागेको बताएका थिए ।

अहिले श्रीलंकाले दातृ राष्ट्र तथा सहयोगी निकायहरुसँग सहयताको अपिल गरिरहेको छ । मुलुकमा उत्पन्न संकटका लागि धेरैले श्रीलंकाली राजनीतिमा राजपाक्षे परिवारको पकडलाई दोष दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : १५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता