बन्दुक नियन्त्रण गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित « Khabarhub

बन्दुक नियन्त्रण गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित


२६ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्नेसम्बन्धी विधेयक पारित गरेको छ ।

टेक्सास र न्यूयोर्क राज्यमा हालै भएका गोलिकाण्डपछि पेस गरिएको यो विधेयकको पक्षमा २२३ र विपक्षमा २०४ मत खसेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

यस विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको बताइएको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलीगठ्ठा बिक्री निषेधका लागि अनुमति दिएको छ ।

अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षार गर्नुपर्छ । तर, माथिल्लो सदनबाट यस विधेयक पारित हुने सम्भावन कम रहेको बताइन्छ ।

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बर महिनामा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : २२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई