टिकटकबाट उदाएकी बाल गायिका रजज्ञको कथा « Khabarhub

टिकटकबाट उदाएकी बाल गायिका रजज्ञको कथा



काठमाडौं– पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् आफ्नो कलालाई प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेर अत्याधिक दर्शकको मन जित्न सफल भएका प्रतिभाको धेरै उदाहरण छन्।

कुनै विषयवस्तुलाई सकारात्मक ढंगले प्रस्तुत गरेर चर्चा कमाउन सफल भएका नयाँ प्रतिभा बढदै गएका छन्। यही माझ टिकटकबाट ‘टिकटक स्टार’का ट्यागसहित नेपाली सांगीतिक जगतमा उदाउँदै गरेकी बाल गायिका रजज्ञ श्रेष्ठ पनि एक हुन्। उनले पछिल्लो समय लोकप्रिय इन्डियन रियालिटी सो ‘सा रे ग म प लिल चाम्प्स’को फ्रेन्चाइज नेपाली रियालिटी सोमा सहभागिता जनाएकी थिइन्।

केही समय अघि शिशिर भण्डारीको शब्द, संगीत र गायिका रचना रिमालको आवाजमा रहेको गीत ‘फोटो फिरिममा’को टिकटक फोटो फिरिममा गायन प्रतियोगितामा सहभागिता जनाएकी बाल गायिका रजज्ञ श्रेष्ठको मनोरन्जन यात्राको परिवर्तन बिन्दु बन्न पुग्यो।

उमेरले सात वर्षकी भए पनि उनको गायन र कलात्मक शैली अत्यन्तै प्रशंसनीय रहेको छ। पिता रमेश श्रेष्ठ र आमा जमुना लामिछाने श्रेष्ठले पनि छोरीको रुचि र इच्छा यही क्षेत्रमा भएको महसुस गर्दै संगीत अध्यनको लागि विगत एक वर्षदेखि सोह्रखुट्टेस्थित रहेको ‘सिर्जना संगीत’ मा गुरु प्रकाश गुरुङद्वारा रजज्ञ श्रेष्ठले अध्ययन गरिरहेकी छन्।

बुबा रमेश श्रेष्ठले आफ्नो पारिवारिक पृष्ठभूमीमा कोही पनि सांगीतिक क्षेत्रमा नभएका कारण आफ्नी छोरीको गायन प्रती रुचि होला भन्ने कल्पना पनि नगरेको बताए। जब छोरीले पटक पटक ‘चर्किएको ऐना सरि’ गीतको लय र शैली याद गरेर आफै गाउन अब्बल भएपछि त्यसलाई रेकर्ड गरेर टिकटमा अपलोड गरेपछि धेरै सकारात्मक कमेन्टको ओइरो लागेपछि छोरीलाई यहि क्षेत्रमा संलग्न गराउनुपर्छ भन्ने आत्मविश्वास बढेको उनी बताउँछन्।

रेकर्डिङ गर्ने क्रममा गाउँदा अत्यन्तै रमाइलो लाग्ने रजज्ञ बताउँछिन। स्कुलमा बढी समय दिन रुचाउनु हुन्छ कि म्युजिक क्लासमा भन्ने प्रश्नमा श्रेष्ठ भन्छिन, ‘मेरो म्युजिक क्लास हप्ताको तीन दिन मात्र हुन्छ र सधै जान नपर्ने भएकोले म सकेसम्म म्युजिक क्लास छोड्न चाहान्न।’ त्यसैगरी आफ्नो उमेर भन्दा अत्यन्तै अग्रज व्यक्ति पनि फ्यान हुँदा झनै खुशी लाग्ने उनी बताउँछिन्।

सबै रजज्ञ श्रेष्ठका फ्यानले उसको गायकी अब्बलतालाई सही प्लेटफर्मबाट प्रस्तुत गराउन ‘सा रे ग म प लिल चाम्प्स’मा सहभागी गराउन पर्यो भन्ने सल्लाह आएपछि छोरीलाई सोही रियालिटी सोमा सहभागिता गराउने प्रेरणा मिलेको बताउछ्न्। पहिलो र दोस्रो चरणमा राम्रै प्रस्तुतिका साथ अघि बढिरहेकी श्रेष्ठको तेस्रो चरणमा गाउने क्रममा बाडुल्की लागेको हुनाले त्यो भन्दा अघिका चरणमा पुग्न सकिनन्। तर पनि उनको प्रस्तुतिलाई निर्णायकले अत्याधिक मन पराएकाले सिकाउने प्रस्ताव राखेको बुवा रमेश श्रेष्ठ बताउँछन्।

यस रियालिटी शोमार्फत् छोरीले गाउने शैली मात्र नभएर अन्य धेरै गुणहरु प्राप्त गर्न सफल भएको बुवा रमेश बताउँछन्। छोरीले अरु व्यक्तित्वहरुसँग भेट्दा कसरी बोलेर प्रस्तुत हुन सक्ने पक्ष राम्रो हुँदै गएको उनले अनुभूति गरेको बताउँछन्। आगामी दिनमा रजज्ञ श्रेष्ठको आवाजमा रहेका गीत पनि सार्वजनिक गर्ने तयारी छ। सामाजिक सञ्जाललाई धेरैले समय बर्बाद गर्ने आधुनिक प्रविधियुक्त भनिरहँदा रजज्ञजस्ता कलाकारका लागि यो प्रतिभा प्रष्फुटन गर्ने भरपर्दो माध्यम बनेको छ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : २८ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित