गाउँपालिकाद्वारा तरकारीको करमा छुट | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा तरकारीको करमा छुट


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – जिल्लाको रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करको रुपमा तरकारी कर बुझाउँदै आएका थिए ।

तरकारी उत्पादक कृषकले यसअघि प्रतिकिलो ५० पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । नीति तथा कार्यक्रममा कृषकले तिर्दै आएको सो कर नलिने निर्णय भएको छ । उक्त निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ ।

यस क्षेत्रका कृषकले वार्षिक १० लाख किलोभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष जनक पुनले आम्दानीको मुख्य स्रोतको रुपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाइदै आएको कर नलिने निर्णय गरेको बताउनुभयो । गाउँपालिकामा टमाटर, बन्दा, खुर्सानी, भान्टा, सिमीजस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ । यहाँ उत्पादित तरकारी दाङको घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्जलगायतका सहरमा जाने गर्दछ ।

गाउँपालिकाको यो निर्णयले कृषकलाई राहत पुग्ने कृषक जयबहादुर बस्नेतले बताए । रुन्टीगढीका अधिकांश वडा तथा त्रिवेणी गाउँपालिकाको बूढागाउँ, नुवागाउँ, जुगारलगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ५८ बजे

व्यास नगरपालिकामा १८ लाख बढी छात्रवृत्ति वितरण

तनहुँ–  व्यास नगरपालिका कार्यालयले २०८१-८२ मा २०६ विद्यार्थीलाई १८ लाख

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व संकलन

लुम्बिनी– आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१-८२ मा

ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको

काठमाडौं– नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले

बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौं– बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष