सलमान सर्टलेस यसकारण हुन्छन्  « Khabarhub

सलमान सर्टलेस यसकारण हुन्छन् 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरलाई देखाउने गर्छन् । तर उनी किन यसो गर्छन्, त्यो कमैलाई थाहा छ ।

सलमानले पहिलोपटक फिल्म ‘प्यार किया तो डरना क्या’को एक गीतमा सर्ट खोलेका थिए । त्यसपछि उनको यो क्रम अन्य फिल्ममा जारी रह्यो । केही समयअघि दुबईमा सम्पन्न आइफा अवार्डमा रितेश देशमुख र मनीष पलले सलमानसँग सम्बन्धित प्रश्न सोधेका थिए । उनलाई मनीषले सलमानलाई सर्टलेसन हुने कारण सोधका थिए । उनको उत्तर अभिनेत्री जेनेलिया डिसुजाले दिँदै ‘सर्ट खोल्दा सलमान कुल देखिन्छन्’ भनी जवाफ दिएकी थिइन् ।

सलमानले जेनेलियाको उत्तरलाई गलत बताउँदै आफैंले त्यसको जवाफ दिएका थिए । उनले मनीषलाई ‘मनीष तिमीसँग एक महंगो र शानदार गाडी छ भने के तिमी त्यसलाई सधैँ छोपेर राख्छौ ?’ भनी सोधेका थिए । यसको जवाफमा आफूले त्यसो नगरी गाडीलाई सार्वजनिक रूपमै देखाउने बताएका थिए ।

सलमानले पनि जसरी मानिसहरु आफ्नो गाडीलाई देखाउँछन्, त्यसैगरी आफूले पनि फिट शरीरलाई देखाउनका लागि सर्टलेस हुनुपरेको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ४१ बजे

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको