अभिनयमा पनि सुन्दरता देखाउने नम्रता (फोटो फिचर)  « Khabarhub

अभिनयमा पनि सुन्दरता देखाउने नम्रता (फोटो फिचर) 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २००८ मा प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’ मार्फत अभिनयमा पाइला टेकेकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । नेपालमा डिजिटल फिल्मको सुरुवात भएसँगै उनी पर्दामा उदाइन् ।

जीवन यात्रा विभिन्न परिस्थिति बाट गुज्रिएकी नम्रताले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गर्छिन् । छड्के , मौन , क्लासिक , प्रसाद लगायतको फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंसा भयो । उनले सोल सिस्टर्स मार्फत निर्माणमा समेत उनको उपस्थिति देखियो । अभिनेत्रीहरूको भिडमा अभिनयकै कारण उनी फरक छिन् ।

फिल्ममा दिइने विभिन्न अवार्डहरूसँगै राष्ट्रिय अवार्ड मार्फत समेत अवार्डेड भइसकेकी नम्रताको सुन्दरताको चर्चा उत्तिकै हुने गर्छ । उनले डेब्यु फिल्म देखि नै आफ्नो शरीरलाई मेन्टेन त गरेकै छिन् । सुन्दरता पनि उस्तै छ । बेलाबखतमा नम्रताको अभिनय र सुन्दरताको चर्चा हुने गर्छ । यिनै नम्रता प्रसाद २ को तयारीमा छिन् । यो फिल्मको छायांकन सुरु हुँदैछ । यसपश्चात् उनी ‘ग्रहण’ मा व्यस्त हुनेछिन् । यसको छायांकन नेपाल र सिक्किममा हुनेछ । प्रसादको सिक्वेलमा नम्रताले नारायणी कार्कीको भूमिका निर्वाह गर्दै छिन् । निसन्तान आमाको भूमिका निर्वाह गरेकी नम्रता सिक्वेलमा भने गाउँ फर्किँदै छिन् ।

समाज , परिवार र आफैँसँगको अन्तर्द्वन्द्व फिल्ममा देख्न पाइने छ । उनी टिपिकल गाउँले भूमिकामा हुनेछिन् । यसका साथै उनले विगत केही समय यता एरियल योगाको प्रशिक्षण समेत लिइरहेकी छिन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दै छिन् । आफ्नो क्यारेक्टरलाई मजबुत बनाउन उनी हर सम्भव प्रयासमा छिन् । ‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैँले प्रशिक्षण समेत लिएकी हुँ । किनकि मैँले जिउने क्यारेक्टरको बारेमा मैँले बुझ्नु जरुरी हुन्छ’ उनले भनिन् ।

यी प्रोजेक्ट पश्चात् उनले आफ्नै होम प्रोडक्सनमा बन्ने फिल्मको तयारीमा जुट्ने छिन् । आन्तरिक रूपमा तयारी गरिएता पनि दुई प्रोजेक्टमा ध्यान दिनु पर्ने भएकाले उनले आफ्नो होम प्रोडक्सनको प्रोजेक्टलाई निरन्तरता दिन सकेकी छैनन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ४१ बजे

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी