आवेको शव टोकियोस्थित घरमा लगियो, अन्तिम संस्कार मंगलबार  « Khabarhub

आवेको शव टोकियोस्थित घरमा लगियो, अन्तिम संस्कार मंगलबार 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो ।

शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ ।

हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीका अनुसार आबे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : २३ बजे

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित