मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न « Khabarhub

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो ।  

कार्यालयका अनुसार कालोपत्र हुन बाँकी भागको ठेक्का लगाउने तयारी भइरहेको छ । कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराईले रुख कटानमा ढिलाइ भएकाले सडक निर्माणमा ढिलाइ भएको बताइन् । उनले भनिन्, ‘रुख कटान सकियो, अब सडक निर्माणले गति लिन्छ ।’

ठेक्का लागेको ३७ वटा पुलमध्ये २५ वटा निर्माण भइसकेको जानकारी दिइन् । निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलमध्ये १० वटामा सहज रूपमा गाडी कुद्न सक्ने उनको भनाइ छ ।

सडक र पुल गरी आयोजना निर्देशानलय र योजना कार्यालयबाट १० अर्ब १३ करोड रुपैयाँ ठेक्का सम्झौता भएकामा हालसम्म आठ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताइन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ४४ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि