मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न « Khabarhub

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो ।  

कार्यालयका अनुसार कालोपत्र हुन बाँकी भागको ठेक्का लगाउने तयारी भइरहेको छ । कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराईले रुख कटानमा ढिलाइ भएकाले सडक निर्माणमा ढिलाइ भएको बताइन् । उनले भनिन्, ‘रुख कटान सकियो, अब सडक निर्माणले गति लिन्छ ।’

ठेक्का लागेको ३७ वटा पुलमध्ये २५ वटा निर्माण भइसकेको जानकारी दिइन् । निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलमध्ये १० वटामा सहज रूपमा गाडी कुद्न सक्ने उनको भनाइ छ ।

सडक र पुल गरी आयोजना निर्देशानलय र योजना कार्यालयबाट १० अर्ब १३ करोड रुपैयाँ ठेक्का सम्झौता भएकामा हालसम्म आठ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताइन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ४४ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन