रोमानियामा ‘वर एण्ड वधु’  « Khabarhub

रोमानियामा ‘वर एण्ड वधु’ 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरु भएको छ।

फिल्म युनिटले रोमानियाबाट यसको छायांकन सुरु गरेको छ। विदेश र नेपालमा संयुक्त रूपमा छायांकन हुने फिल्ममा दोस्रो सेड्युलमा नेपाल खिचिने छ। केही दिन अगाडी निर्देशक चाम्स सहितको टोली रोमानिया पुगेर छायांकन स्थल तय गरेपछि कलाकारको टोली त्यहाँ पुगेको थियो।

दुई साताको विदेश सेड्युल भनिएको फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो। विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रूपमा विवेक कर्माचार्यले डेब्यु गर्दै छन् । फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने उद्देश्यले हिन्दी भाषामा समेत फिल्मलाई निर्माण गर्न लगिएको निर्देशक चाम्सले बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले फिल्ममा प्रस्तुत गरिने बताएका निर्देशक चाम्सले यो फिल्मलाई रोमानियासँगै इटाली, फ्रान्समा पनि छायांकन गर्दै छन् ।

 फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन हुने भएको छ । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : ०२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति