रोमानियामा ‘वर एण्ड वधु’  « Khabarhub

रोमानियामा ‘वर एण्ड वधु’ 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरु भएको छ।

फिल्म युनिटले रोमानियाबाट यसको छायांकन सुरु गरेको छ। विदेश र नेपालमा संयुक्त रूपमा छायांकन हुने फिल्ममा दोस्रो सेड्युलमा नेपाल खिचिने छ। केही दिन अगाडी निर्देशक चाम्स सहितको टोली रोमानिया पुगेर छायांकन स्थल तय गरेपछि कलाकारको टोली त्यहाँ पुगेको थियो।

दुई साताको विदेश सेड्युल भनिएको फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो। विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रूपमा विवेक कर्माचार्यले डेब्यु गर्दै छन् । फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने उद्देश्यले हिन्दी भाषामा समेत फिल्मलाई निर्माण गर्न लगिएको निर्देशक चाम्सले बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले फिल्ममा प्रस्तुत गरिने बताएका निर्देशक चाम्सले यो फिल्मलाई रोमानियासँगै इटाली, फ्रान्समा पनि छायांकन गर्दै छन् ।

 फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन हुने भएको छ । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : ०२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको