निर्वाचनमा हुने विकृतिको अन्त्यका लागि युवाले अभियान सञ्चालन गर्नुपर्छ : सभामुख सापकोटा « Khabarhub

निर्वाचनमा हुने विकृतिको अन्त्यका लागि युवाले अभियान सञ्चालन गर्नुपर्छ : सभामुख सापकोटा


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसङ्गतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद् अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको र चुनावमा विकृति र विसङ्गति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन्।

हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँको र अन्य स्थानको विश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट नदेखिएको उनले बताए । उनले जनताहरूको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरूले बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउन सक्ने धारणा राखे।

त्यस्तै उनले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र असल, इमानदार उम्मेदवारलाई जिताउनका लागि युवाहरूले गरेको नमूना संसद् अभ्यासले महत्त्वपूर्ण योगदान गर्ने जिकिर गरे।

सभामुख सापकोटाले अहिलेको समयमा सही बिचारका साथ अघि बढ्न युवाहरूलाई सुझाव पनि दिए।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : ११ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन