खेलकुदमा महिला सहभागिता बढाउन जोड « Khabarhub

खेलकुदमा महिला सहभागिता बढाउन जोड


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- खेलका माध्यमबाट महिला सशक्तीकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारी स्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए । उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्यून रहेको बताए ।

ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागिता खासै देखिँदैन । खेलको माध्यमबाट महिला सशक्तीकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो । ‘महिला सशक्तीकरण हाम्रो सङ्कल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने अभियानको नारा छ । हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन् । तर, असारे विकाससँग जोडिएको यो कार्यक्रम ग्रामीण बस्तीका विद्यालय स्तरमा भने पुग्न सकेको छैन ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य खेल क्षेत्रमा महिलाको क्षमता बढाएर उनीहरूलाई निर्णायक बनाउन खोजिएको हो । खेलकुदमा महिला सहभागिता बढाउन आवश्यक छ ।’ उनका अनुसार एक सय ५० जना महिला खेलाडी सहभागिता गराउने लक्ष्य हो । तर, मौसमले साथ नदिएका कारण टाढाका महिला सहभागी हुन सकेन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले महिला सहभागिताको अर्थ पुरुषलाई उपेक्षा होइन । तर, महिला भएका कारण धेरै क्षेत्रबाट हेपिएका छन् । प्रतियोगिता आयोजनामा महिलालाई पुरुषले पनि उतिकै साथ दिन आवश्यक छ ।

एन्फाका केन्द्रीय सदस्य भरत बहादुर बुढ्थापाले प्रतियोगितामार्फत महिला सशक्तीकरणको सन्देश दिनु आफैँमा उदाहरणीय हो । एक त जुम्लाका महिला सबै क्षेत्रमा पछाडि छन् । अरू ठाउँका महिलाले खेलकुद क्षेत्रबाट पुरस्कार पाउँदा हाम्रा विद्यालयमा अध्ययनरतता छात्रा सुरुवालमै हाई जम खेल्ने गरेको तितो सत्य सुनाए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै