कपिलले सुनाए ‘डिप्रेसनको कथा’ « Khabarhub

कपिलले सुनाए ‘डिप्रेसनको कथा’


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्मा हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । कपिलले गत जुनबाट अमेरिका/क्यानाडा टुर गरिरहेका छन् । यसैले गर्दा अहिले उनी टेलिभिजनमा छैनन् । उनले केही समयका लागि आफ्नो ‘द कपिल शर्मा शो’ ब्रेक लगाएका छन् । आफ्नो कमिक टाइमिङले लोकप्रिय बनाएको कपिलको ओटीटी शो ‘आई एम नट डन येट’ पुनः लोकप्रिय भइरहेको छ ।

यसलाई लिएर सामाजिक सञ्जालमा चर्चा पुनः सुरु भएको हो । टिभीमा शो बन्द भएपछि दर्शक उनकै पुरानो शो हेरिरहेका छन् । यसैक्रममा उनले आफ्नो डिप्रेसनको समयको विषयमा सुनाएको कुराहरूले अहिले चर्चा पाएको हो । कपिल डिप्रेसनको सिकार हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए ।

‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थेँ । मेरो कुकुर जन्जिर पनि मसँगै हुन्थ्यो । किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थेँ । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यस कारण बिहान पुनः शो हेर्थेँ’, उनले भनेका छन् ।

कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाइलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए । तर साथीहरूले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए । डिप्रेसनबाट निस्किएपछि कपिल पुनः आफ्नो लयमा फर्किए । उनले प्रेमिका गिन्नी चथरथसँग विवाह समेत गरे । पुनः कपिल आफ्नो लयमा छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : ३८ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व