एमाले बझाङको अध्यक्षमा भण्डारी निर्विरोध « Khabarhub

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्विरोध


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमाले बझाङको ८ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनीबाहेक अन्यले अध्यक्षमा उम्मेदवारी नदिएपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए ।

अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । सचिव, उपाध्यक्ष, सहसचिवलगायत पदमा भने एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ ।

एमाले जिल्ला कमिटी सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलबी) र आनन्दलाल विक गरी चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै, उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँच जनाको उम्मेदवारी परेको छ । खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ५ : ०१ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन