ऊर्जा मन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन « Khabarhub

ऊर्जा मन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको रु दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।

सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मत सम्भार गर्दै उपयोगमा ल्याउन आग्रह गरिन् ।

“तीन तहका सरकारका समन्वयबाट जनतालाई सेवा दिने हो, त्यसका लागि निरन्तर पहल गरिरहेको छु”, उनले भनिन्, “आगामी दिनमा जनताको आवश्यकताअनुसार खानेपानी, सडकलगायत पूर्वाधार निर्माणलाई मैँले प्राथमिकता दिनेछु ।” मन्त्री भुसालले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने उल्लेख गर्दै स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्ने बताइन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्दै आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताए । उनले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको जनाए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : २७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु