आर्थिक वर्ष सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड | Khabarhub Khabarhub

आर्थिक वर्ष सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षित रूपमा राजस्व सङ्कलन हुन सकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ ।

चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४/७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ ।

त्यसमा कर राजस्व कूल रु नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८६/७५ प्रतिशत बराबर हो । चालु आवमा रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।

त्यस्तै गैर राजस्व रु एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ७४ अर्ब १९ करोड ७१ लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ६५/८७ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार सरकारले रु ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा रु १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ । कूल लक्ष्यको २३/१७ प्रतिशत बराबर हो ।  सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात् (असार २५ गते) आजसम्म कूल लक्ष्यको ८५/३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४।३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आवका कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म रु १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु नौ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कूल लक्ष्यको ८८/०५ प्रतिशत बराबर हो ।

यस्तै पुँजीगत खर्च कूल लक्ष्यको ४६/२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्य रूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले रु तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ ।

यस्तै सरकारले नियमित रूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२।४५ बराबर खर्च गरेको छ । चालु आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म रु ९९ अर्ब ३५ करोड ९० लाख बराबर भुक्तानी गरेको छ ।

सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८/६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१/२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात् ७९/४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२/७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक रहेको छ । चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आव वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आवमा  रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ०१ बजे

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा

कृषिमन्त्रीले भने- कृषकलाई दिइने सहुलियत र सेवा प्रवाहमा क्रमिक सुधार भएको छ

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको

संविधान संशोधनभन्दा समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र

श्रावणको पहिलो सोमबार म्याग्दीको गलेश्वरधाममा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक