बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : अध्यक्ष नेपाल


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्ध भूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखा परेकाले सचेत रहनुपर्ने बताए। “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।”

राष्ट्रिय हित र सुरक्षालाई केन्द्र विन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध विस्तार गर्दै जानुपर्ने उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताए।

पाँच दलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उनले देश र जनताप्रति सेवा भाव र समर्पण भाव राख्नुपर्ने बताए।  “देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो”, अध्यक्ष नेपालले भने।

सङ्घ र प्रदेशको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबीच सहकार्य रहने बताउँदै उनले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गरे । आगामी निर्वाचनको मिति घोषणा भए लगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए।

पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आगामी निर्वाचनमा नेकपा (एमाले)सँगको सहकार्य सम्भव नभएको प्रष्ट पारे। “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ”, उनले भने ।

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मत मात्रै प्राप्त गरेको जनाउँदै उनले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताए। कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुई तिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताए।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ४२ बजे

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)