एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई « Khabarhub

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात पारेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिम सहभागी थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार सङ्घ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङघलगायत टिमको सहभागिता थियो ।

त्यसैगरी दोस्रो चरणमा जितेर आएको छ टिम खेलेका थिए । सेमिफाइनलमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो ।

धादिङ टिमलाई दुईका विरुद्ध चार गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टिमले उपाधि हात पारेको थियो । प्रतियोगिताको म्यान अफ दी म्याच वासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सङ्घका श्रीकृष्ण भण्डारीले पाउन सफल भए ।

साथै विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५ औँ स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए।

उक्त कार्यक्रममा विजबजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको सहयोग थियो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ०१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर