मधेस प्रदेश : दुई विधेयक पारित | Khabarhub Khabarhub

मधेस प्रदेश : दुई विधेयक पारित


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक आज बहुमतले पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको शोक मनाउने सङ्घीय सरकारले निर्णय गरेको अवस्थामा आजको प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित गरी बैठक स्थगन गर्न माग गरिएको थियो । सभामुख सरोजकुमार यादवले उक्त प्रस्तावमाथि पछि छलफल गरौँला भन्दै बैठकअघि बढाउन खोजेपछि प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूले आजको बैठक बहिष्कार गरी बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य बैठक कक्षबाट बाहिरिएपछि १५ मिनेटका लागि स्थगन भएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूको अनुस्थितिमै पुनः सञ्चालन भएको थियो । सो बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित सबै विभागीय मन्त्रीहरूले प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिए ।

मन्त्रीहरूको जवाफ सकिएपछि सभामुख यादवले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ पारित भएको घोषणा गरे । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

यस्तै मधेस प्रदेशसभाको आजैको बैठकले प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री प्रमोदकुमार यादवले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको सभामुख यादवले घोषणा गरे ।

त्यस्तै आजको बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याप्रति शोक प्रस्ताव पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि असार २६ गते बिहान ९ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ४४ बजे

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको