अक्सिजन प्लान्टको ट्रस कमसल बनेको भन्दै सर्वत्र विरोध सुरु « Khabarhub

अक्सिजन प्लान्टको ट्रस कमसल बनेको भन्दै सर्वत्र विरोध सुरु


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– स्थानीयले जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल तरिकाले बनाएको गुनासो गरेका छन् ।

प्रदेश सरकारको १ करोड ५० लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कच्चा तरिकाले बनेको गुनासो गरेका हुन् । जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भने कमसल बनेको भन्दै सर्वत्र विरोध सुरु भएको छ ।

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ । तर टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको छ । ब्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको छ । पर्खाल भन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तार जालीले बारेको देखिएको छ  ।

‘क्वालिटी’को ट्रस भवन नबनेकाले भवनको भुक्तानी रोक्न भनिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । कागजजस्तो छाना नहाल । कुखुरा खोर बार्नेजस्तो तार जाली नहाल भनेको, टेरेन ।

जिसस प्रमुख राईले भने,क्लालिटीको भवन नबनेकाले भुक्तानी रोक्न कुरा गरिरहेका छौँ । भुक्तानी गर्नुपर्ने भए भवनको बाँकी राखेर भुक्तानी गर्न सकिन्छ

अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले आवाज नउठाएका होइनन् तर निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको बताइन्छ ।

जिल्ला अस्पतालको निर्माणाधीन भवनको निर्माण सामग्री ओसार पसारका क्रममा ओहोर दोहोर गर्ने हेभीवेट गाडीको थर्कनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा पनि उत्तिकै रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

कमजोर संरचना बनेको छ । धकेल्दा ढल्ने पर्खाल छ । मान्छे छिर्न सक्ने ठाउँ छ । कागजजस्तो जस्ता हालिएको छ । जाली पातलो छ । पर्खाललाई अडेसा लगाएर बनाइएको छ, मेयर भट्टराईले भने, यस बारेमा छानबिन हुनुपर्छ, बदमासी गरेको रहेछ भने निर्माण व्यवसायीलाई कारबाही हुनुपर्छ ।

अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा मुन रक्स इन्टरनेशनलले ठेक्का पारेको हो । ट्रस भवन निर्माणका क्रममा पटक–पटक गुणस्तर कायम गर्न सुझाव दिइए पनि ‘हुन्छ–हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् ।

अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि शुक्रबार मेयर भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राई लगायतको टोलीले निरीक्षण गरेको छ ।

मुन रक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले भने ट्रस बनाउने डिजाइन नभएको दाबी गरे । अक्सिजन प्लान्टको उपकरण ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको धमलाले बताए । हाम्रो काम उपकरण सप्लाइ गर्ने र इन्स्टलेसन मात्र हो काम बाँकी अस्पतालको हो, धमलाले भने, उपकरण प्रोटेक्टका लागि ट्रस बनाइदिएका हौँ ।

अक्सिजन प्लान्टको अनुगनकाक्रममा ट्रस ‘कम्प्लेट’ गर्न बाँकी देखिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहालले बताए । ट्रस बनाउने दायित्व कम्पनीकै हो, दाहालले भने, कम्प्लेट गर्न बाँकी देखिन्छ । पुरा गर्नुपर्छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : २९ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर