कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुन: कडाइ गर्दै « Khabarhub

कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुन: कडाइ गर्दै


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।

सङ्क्रमणमा हालै भएको वृद्धिलाई शनिबार उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गर्दा मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन् ।

इरानी विशेषज्ञहरूले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप–प्रजातीहरू आगामी हप्ताहरूमा इरानकम समस्याको रूपमा आउन सक्ने बताएका छन् ।

इरानी राष्ट्रपतिको वेबसाइटमा बताइएअनुसार कोभिड–१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडा सँग पालन गर्न गराउन निर्देशन दिएका हुन् ।

उनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन गरेका छन् ।

आधारभूत स्वास्थ्य समस्या भएकाहरूले विशेष गरी सावधानी अपनाउनुपर्ने भन्दै उनले प्राथमिकताका आधारमा कोभिड–१९ विरूद्धको अतिरिक्त खोप अभियान देशैभरी तुरून्तै पुर्‍याउनुपर्नेमा पनि जोड दिएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएअनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ०८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु