‘पाठेघरको क्यान्सरबाट बच्न भ्याक्सिन लगाऔँ’ « Khabarhub

डा.अरुण शाहीसँग अन्तर्वार्ता

‘पाठेघरको क्यान्सरबाट बच्न भ्याक्सिन लगाऔँ’

‘छोरीहरुलाई तीजको गिफ्ट गार्डा शील-९ दिऔँ’



काठमाडौँ – महिलामा सबैभन्दा बढी जोखिम स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । विश्वमा प्रतिवर्ष ५ लाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुन्छन् । ती मध्ये करिब २ लाखको मृत्यु हुने गरेको छ । नेपालमा प्रतिवर्ष कति महिलालाई पाठेघरको क्यान्सर हुन्छ र कतिको मृत्यु भएको छ भन्ने यकिन तथ्याङ्क छैन । साधरणतया ४० वर्ष पछि हुने यो समस्या अविकसित देशहरूमा ३० वर्ष भन्दा माथि नै हुने गरेको छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीबि) र गर्भाशयको मुखको कोशिकामा रहने प्रोटिनको रासायनिक प्रक्रियाबाट परिवर्तन हुने कोशिकाहरू कालान्तरमा क्यान्सरमा परिणत हुन्छन् । यसै विषयमा पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

अहिले विशेषज्ञ भएर क्यान्सरको उपचारमा कहाँ-कहाँ कार्यरत हुनुहुन्छ ?
मुख्य काम गर्ने अस्पताल भनेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । जहाँ म विगत ४ वर्षदेखि काम गर्दै आएको छु । बीएण्डबी अस्पताल ग्वार्काे र ह्याम्स अस्पतालमा पनि कार्यरत छु ।

पाटन अस्पताल सरकारीमा आउने बिरामी र बिएन्डबिमा र ह्याम्समा आउने बिरामी एउटै छन् कि फरक-फरक प्रकृतिका छन् ?
पाटन अस्पतालमा आउने बिरामी धेरै काठामाडौँ भ्याली भन्दा बाहिरको हुनुहुन्छ । जस्तो बाँके, बर्दिया, कैलालीदेखि पूर्व झापातिरको पनि आउनुहुन्छ । प्राइभेटमा प्राय काठमाडौँ भ्याली भित्रको नै आउनुहुन्छ । यो मेरो बिचारमा आर्थिक अवस्थाको फरकपन होला ।

सरकारीमा र प्राइभेटमा हुने उपचार एउटै होइन र ?
उपचार एउटै हो । तर सेवा र सुविधामा फरक हुन्छ । सरकारीमा धेरै लाइन भिडभाड हुन्छ तर प्राइभेटमा कम हुन्छ । पाटनमा मैले दिनमा ४० देखि ५० जना बिरामी हेर्छु । तर प्राइभेटमा मैले ५ देखि १० जनासम्म हेर्छु । त्यसैले केयरमा फरक हुन सक्छ ।

महिलामा पाठेघरको मुखको क्यान्सर धेरै बढ्नुको कारण के हो ?
कुनै फिल्म नाटकहरूमा बिरामी मार्नु पर्‍यो भने क्यान्सर लागेर मर्‍यो भन्ने धारणा छ । त्यस्तै बनाउँछौँ । तर क्यान्सर उपचार गरेर निको भएको नै बनाउँदैनौँ । समाजमा क्यान्सर प्रतिको धारणा गलत छ । त्यसलाई परिवर्तन गर्न जरुरी छ । किनभने क्यान्सर रोग यो डाइबेटिज, प्रेसर, थाइराइड भन्दा पनि तुलनात्मकरुपमा राम्रो रोग हो । यदि यसलाई समयमै पहिचान गरेर उपचार गर्‍यो भने समयमै निको हुन सक्छ। तर नेपालमा विभिन्न कारणहरूले हामी ढिलो अस्पताल पुग्छौँ । त्यतिबेलासम्म यो सबै भागमा फैलिसकेको हुन्छ । नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सर एक नम्बरमा पर्दछ । तर विश्वमा स्तन क्यान्सर एक नम्बरमा पर्दछ । किन भने हामी किन अरू भन्दा किन उल्टो भयो भने सानो उमेरमा विवाह गर्ने हाईजेनको कमी धेरै जनासँग यौन सम्पर्क गर्ने जस्तो धेरै पुरुषहरू बाहिर विदेश जाने महिलाहरू धेरै जना पुरुषसँग यौन सम्पर्क राख्ने कारणले हाम्रो मुलुकमा यो समस्या बढेको छ ।

काठमाडौँका बिरामी र बाहिरका बिरामीहरूमा केही फरक पाउनु भएको छ ?
राजधानीमा सबै टेक्नोलोजीहरू धेरै हुन्छ । हस्पिटलहरू पनि एडभान्स हुन्छ । पहिला एउटा रोग एउटा डाक्टरले मात्र हेर्ने हुन्थ्यो तर अहिले सबै हेर्न सक्ने टेक्नोलोजी आएको छ । जस्तो क्यान्सरको बिरामीलाई डाइबेटिज, प्रेसर, थाईराईड भयो यी सबै हेर्ने टेक्नोलोजी राजधानीमा छ। त्यसलाई सबै ठाउँमा लैजानु पर्दछ । राम्रो टिम र टेक्नोलोजी काठमाडौँमा भएको हुनाले बाहिर भन्दा यहाँ राम्रो उपचार हुने गरेको छ । जस्तो क्यान्सर कहाँसम्म र कति फैलिएको छ भनेर हेर्नको लागि पेट सिटी स्क्यान अहिले काठमाडौँको २ ठाउँमा मात्र छ। भ्यालीबाहिर झापामा एक ठाउँमा छ । ४० देखि ६० प्रतिशत क्यान्सर बिरामीलाई इम्युनो हिस्ट्रि केमेस्ट्री अथवा एनजिएस आवश्यक हुन सक्छ जुन बाहिर हुँदैन यो काठमाडौँमा भर्खरै सुरु भएको छ । त्यसैले डाइनोसिस पनि छिटो हुने र कम खर्च लाग्ने भएको कारणले बाहिर भन्दा भ्यालीमा राम्रो उपचार हुन्छ ।

कुन स्टेजमा सबै भन्दा बढी बिरामी आउने गरेका छन् ?
के–के कारणले स्तन क्यान्सरका महिलाहरू ढिलो आउँछन् । डाक्टरकोमा भनेर एउटा अनुसन्धान गरेका थियौँ । सबै भन्दा पहिला हामीले महिलाहरूमा यो समस्या बारेमा नै थाहा छैन । स्तनमा गिर्खा आयो भने पनि जबसम्म दुख्दैन उनीहरू घरमा नै बस्छन् र अर्को क्यान्सर प्रतिको गलत बुझाई हो । यो अब ठिक नै हुँदैन भनेर आयुर्वेदिकमा जाने गर्छन् । तर क्यान्सरको रियल उपचार अहिलेसम्म एलोपेथिक मेडिसिनले मात्र गर्न सक्छ । शिक्षित वर्ग छिटो आउनुहुन्छ । टाढाको बिरामीहरू दोस्रो तेस्रो र चौथो स्टेजमा आउनुहुन्छ ।

जति पनि बिरामीहरू अस्पतालमा आउनुहुन्छ, त्यसपश्चात् उपचार कसरी गरिन्छ ?
पाठेघरको मुखको क्यान्सर भयो भने सेतो पानी बग्ने, यौन सम्पर्क गर्दा दुख्ने, पोल्ने, घाउ हुने र सामान्य उपचार गर्दा निको नहुने हुन्छ । तब उहाँहरु यौन रोग विशेषज्ञ कहाँ जानु हुन्छ । क्यान्सर भयो भने मात्र क्यान्सर रोग विशेषज्ञहरूकोमा आउनुहुन्छ । अहिले नेपाल सरकारले क्यान्सर रोग लागेपछि एक लाख रुपैयाँ दिन्छ । बागमती प्रदेशले थप ५० हजार दिन्छ । गण्डकी प्रदेशले २ लाख दिने नीति लिएको छ । त्यसैले अहिले क्यान्सरको उपचार गर्न सहज भएको छ । पहिलो स्टेजमा धेरै खर्च लाग्दैन । दोस्रो, तेस्रो र चौथो स्टेजमा धेरै खर्च लाग्छ । किनभने सबै मोडालिटी प्रयोग गर्नु पर्ने हुन्छ । अप्रेसनदेखि किमो दिनुपर्ने हुन्छ। त्यसैले सुरुको अवस्थामा थाहा भयो भने अप्रेसन मात्र गर्दा पुग्यो ।

पछाडि उपचार गर्न आउँदाको जोखिम कस्तो छ ?
पहिलो र दोस्रोमा पत्ता लाग्यो भने यो १०० प्रतिशत केयर हुने सम्भावना हुन्छ । तर समय बढ्दै जाँदा खर्च पनि धेरै लाग्छ । त्यसैले सबै जनाले कसरी क्यान्सरलाई पहिचान गर्ने भनेर समयमा नै उपचार गरौँ ।

पहिला नै कसरी थाहा पाउने त ?
कुनै पनि रोग लाग्नु भन्दा पहिला जाँच्ने प्रविधिको प्रयोग गरेर थाहा हुन्छ । पाठेघरको सन्दर्भमा हामीले एउटा ह्युमन प्यापिलोमा भाइरसकोविरुद्ध भ्याक्सिन दिन्छौँ । कि त लक्षणको आधारमा गरिन्छ । सेतो पानी बग्ने, यौन सम्पर्क गर्दा दुख्ने, पोल्ने, घाउ हुने, रगत बग्ने भयो भने तुरुन्तै स्त्रीरोग विशेषज्ञलाई भेट्नुपर्छ । अर्को नानीहरू ९ देखि २६ वर्षको छन् भने एसपिपि भ्याक्सिन लगाउने ९ देखि १५ वर्षको ले २ डोज लगाउँदा हुन्छ । १५ देखि २६ वर्षकोले ३ वटा डोज लगाउँदा राम्रो छ । यो भ्याक्सिन अमेरिका र बेलायतमा बढी प्रयोग गरिन्छ । भ्याक्सिन लगाउन छुटेको छ भने स्क्रिनिङ जाँच गर्नुपर्दछ । त्यो भनेको पाठेघरको मुखको पानी जाँच गरिन्छ । त्यो २१ वर्षदेखि ६५ वर्षसम्म प्रत्येक ३ वर्षमा जाँच गर्नु पर्दछ । डिएनएको पनि जाँच गर्न सकिन्छ। त्यो जाँच गर्नको लागि २९ वर्षदेखि ६५ वर्षसम्म यदि यो दुई वटै जाँच गर्ने हो भने ५ वर्षमा एकपटक गर्दा हुन्छ । यसरी जाँच गरियो भने सुरुको अवस्थामा नै पहिचान गर्न सक्छौँ ।

यो भ्याक्सिन अस्पतालमा सहजै पाइन्छ ?
पाटन अस्पतालमा उपलब्ध छ । यो पनि ३ वटा पाइन्छ । एउटा सर्बरीक्स, गार्डा जिन र गार्डा शील-९ हो। यो मध्ये सबै भन्दा राम्रो गाडा जिन नाईन हो । यो लगाउँदा राम्रो हुन्छ । यदि त्यो पाएन भने सर्बरिक्स भए पनि लगाउँदा हुन्छ । नेपाल सरकारले सर्बरिक्सको लागि पनि पहल गरेको छ भन्ने सुनेको छु ।

यो भ्याक्सिन लगाउन खर्च कति लाग्छ ?
सरकारले यो भ्याक्सिन निःशुल्क गराउनु पर्दछ भनेर पहल भइरहेको छ। गाडा जिन नाईनको एउटा डोजको ९ देखि १० हजार लाग्छ । केही गिफ्ट दिनु भन्दा आफ्नो छोरीलाई यो भ्याक्सिन दिनु राम्रो हो भन्ने मेरो सुझाव छ।

यो समस्या नदेखियोस् भनेर के गर्न सकिन्छ ?
यसपालिको तिजमा छोरीहरूलाई पाठेघरको क्यान्सरको खोप भनौँ र सानो उमेरमा छोरीहरूको विवाह नगराऔँ। सेनिटरी प्याड फ्री गराऔँ। महिलाहरूले आफ्नो भित्री वस्त्र दिनमा एक चोटि परिवर्तन गर्ने र महिनावारी हुँदा २ पटक बिहान र बेलुका परिवर्तन गर्ने गरौँ। यौन सम्पर्क धेरैसँग नगर्ने र सुरक्षित सम्पर्क गर्ने गरौँ । चुरोट खानुहुँदैन ।

अन्तिममा, क्यान्सरबारे के सन्देश दिन चाहनुहुन्छ ?
कुनै पनि लक्षण देखियो भने तुरुन्तै अस्पताल जाने र वर्षमा १ पटक जाँच गर्ने, व्यायाम गर्ने, ८ देखि ७ घण्टा सुत्ने र खानपानमा ध्यान दिने गरेमा हामी स्वस्थ हुन्छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ०० बजे

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन