बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारीले भत्ता पाउने « Khabarhub

बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारीले भत्ता पाउने

बर्डफ्लू नियन्त्रण गर्दा बिमावापत कर्मचारी र किसानलाई क्षतिपूर्ति रकम पनि


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले शतप्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड–०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।  जसअनुसार बर्ड फ्लू नियन्त्रणका लागि रोक नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक अन्वेषण, रेपिड रेस्पोस्स लगायत क्षेत्रमा खटिएका कर्मचारी वा व्यक्तिलाई शतप्रतिशत प्रोत्साहन सुविधाको व्यवस्था गरिएको हो ।

ती कर्मचारी वा श्रमिकले प्रतिदिन पाउने तलब वा ज्यालामा शतप्रतिशत आर्थिक सुविधा पाउनेछन् । त्यसबाहेक बिदाको दिन काम गर्नु परेमा थप शतप्रतिशत रकम पाउनेछन्। यसबाहेक ती कर्मचारीले खाना र खाजाको सुविधा पनि पाउने व्यवस्था मापदण्डमा कायम गरिएको छ ।

पशु सेवा विभाग, प्रदेशस्तरको कार्यालय वा स्थानीय तहबाट खटिने टोली प्रमुख,नियन्त्रण कक्ष प्रमुख र सूचना अधिकारीलाई यसबाहेक थप सुविधाको व्यवस्था गरिएको छ । उनीहरुले एक कामका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ सञ्चार खर्च पाउनेछन् ।

बर्ड फ्लू नियन्त्रणमा खटिएका कर्मचारीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार खर्च सरकारले बेहोर्नेछ । औषधि उपचार खर्च बर्ड फ्लू नियन्त्रणमा खटिएका बेलाको मात्र हुनेछ ।

त्यस्तै, कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्नेको १० लाख रुपैयाँको जोखिम बीमाको व्यवस्था गरिएको छ । जोखिम बीमा नगरेको भए रोग नियन्त्रणका लागि खटिएको अवधि वा खटिएको अवधिले ४२ दिनभित्र सोही रोगका कारणले बिरामी भएमा निशुल्क उपचार वा मृत्यु भएमा परिवारजनलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था कायम गरिएको छ ।

मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड–०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेर किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खोलिसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : ४३ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो